३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

डाक्टरलाई ड्युटी नछाड्न चेतावनी

सोसल सेयर

 

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले अस्पतालको ड्युटी छाडेर आन्दोलनमा नजाने डाक्टरहरुलाई आह्वान गरेको छ ।

मेडिकल कलेजकी प्रिन्सिपल डा.लक्ष्मी पाठकले आवासीय डाक्टरहरुलाई यसबारे सतर्क गराउनुभएको छ ।

‘स्वास्थ्यकर्मी तथा हाम्रा कुनैपनि कर्मचारीको सुरक्षाका लागि चालिएको कदममा हाम्रो समर्थन छ’ प्रिन्पििल पाठकले भन्नुभएको छ, ‘तर रोस्टरअनुसार ड्यूटीमा स्नेशनमा गयल हुँदा बिरामीमाथि पर्ने मर्का माफीलायक हुँदैन।’ आइतबार सीसीयूमा ड्युटीमा रहनुपर्ने आवासीय चिकित्सक नहुँदा समस्या परेको पनि उहाँले स्मरण गराउनुभएको छ ।

तुरुन्त ड्युटीमा फर्कन डाक्टरहरुलाई निर्देशन दिइएको छ ।

देशका विभिन्न अस्तपालमा डाक्टरहरुलाई आक्रमण भएको विरोधमा हिजोबाट आवासीय डाक्टरले काम बन्द गरी आन्दोलन घोषणा गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →