१८ असार २०८३, बिहीबार  |  2 July 2026,Thursday

गुगलले २५ औँ जन्मदिन मनाउँदै

सोसल सेयर

सर्च इन्जिनको बादशाह गुगल २५ वर्षअघि आजकै दिन क्यालिफोर्नियाको ग्यारेजमा सार्वजनिक भएको थियो । गुगल सुरुवात भएको ४ सेप्टेम्बरलाई कम्पनीको स्थापना दिवसका रूपमा मनाइन्छ भने औपचारिक रूपमा सार्वजनिक भएको २७ सेप्टेम्बरलाई जन्मदिनका रूपमा मनाइन्छ ।

२५ वर्षमा गुगल इन्टरनेटको पर्याय नै बनेको छ ।

आज अधिकांश कामका लागि कुनै न कुनै रूपमा इन्टरनेटको प्रयोग भएकै हुन्छ । यदि इन्टरनेटबाट सर्चको सुविधा हटाइदिने हो भने मात्र पनि इन्टरनेटको अस्तित्व के हुन्छ भन्ने बहस उठ्न सुरु हुन्छ । त्यसबाहेक पनि यदि सर्च इन्जिन नहुने हो भने हामी आफूलाई उपयुक्त हुने कन्टेन्ट खोज्न पाउँदैनौं । कन्टेन्ट सर्च गर्ने सन्दर्भमा गुगल सबैभन्दा अग्रस्थानमा छ । यसो त सर्च इन्जिनको सुविधा भएका अन्य थुप्रै प्लेटफर्म पनि छन् । तर, प्रयोगकर्तालाई सबैभन्दा उपयुक्त र भरपर्दो सुविधा उपलब्ध गराउने प्लेटफर्म गुगल नै हो । त्यसैले पनि गुगल अन्य प्लेटफर्मभन्दा प्रख्यात छ ।

गुगलकाे २५ औं जन्मदिन 

२५औं जन्मदिनको उपलक्ष्यमा गुगलले आफ्नो लोगो परिमार्जन भएको एनिमेसन राखेको छ । गुगलको होमपेजमा सो एनिमेसन देख्न सकिन्छ ।

सुरुवातमा गुगलको लोगो कस्तो थियो, २५ वर्षपछि अहिले कस्तो छ, त्यही एनिमेसन भिडिओमा हेर्न सकिन्छ ।

“हामी अगाडिका अवसरहरू र एआईको सम्भाव्यताले हामीलाई हाम्रो मिसन जारी राख्न र संसारभरका अझ धेरै मानिसहरूको जीवनमा सुधार गर्न मद्दत गर्न गर्ने कुरामा विश्वस्त छौं,” गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाइले ब्लगमा लेखेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →