३ भाद्र २०८३, बुधबार  |  19 August 2026,Wednesday

बलिउड अभिनेत्री परिणिती चोपडा विवाह बन्धनमा

सोसल सेयर

काठमाडौं- बलिउड अभिनेत्री परिणिती चोपडा विवाह बन्धनमा बाँधिएकी छन्। परिणितीले आफ्ना प्रेमि भारतीय आम आदमी पार्टीका सांसद राघव चड्ढासँग विवाह गरेकी हुन्।

भारतीय सञ्चार माध्ययमका अनुसार राजनीतिज्ञका साथै बलिउडका थुप्रै कलाकार र परिवार/आफन्तको उपस्थितिमा उनीहरूले आज विवाह गरेका हुन्। राजस्थानको उदयपुरस्थित होटेल लीला र ताजलेकमा विशिष्ट पाहुँनाहरूको उपस्थितिमा अभिनेत्री परिणिती र सांसद राघवको विवाह भएको हो। उनीहरूले चार महिनाअघि इन्गेजमेन्ट गरेका थिए।

युट्युबर रणवीर इलाहाबादियासँग भर्खरैको अन्तर्वार्तामा, राघव चड्डाले भनेका थिए, ‘हाम्रो जसरी भेट भयो, त्यो निकै जादुई क्षण थियो । यो यस्तो पल हो जसका लागि म हरेक दिन भगवानलाई धन्यवाद दिन्छु कि उनले आशीर्वादको रूपमा मलाई परिणीत दिनुभयो । म असाध्यै खुसी छु कि उनी मेरी जीवन साथी हुन् । फेरि भन्छु कि हरेक दिन भगवानलाई यो कुराका लागि धन्यवाद दिन्छु ।’

उनीहरूबीच पहिलो चिनजान बेलायतमा अध्ययनका क्रममा भएको थियो। परिणीतिले दि युनिभसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लन्डन स्कुल अफ इकोनोमिक्स पढेका छन्। सन् २०२२ मा पञ्जावी फिल्म चम्किलामा काम गरिरहेकी परिणितीलाई भेट्न राघव सेटमै पुगेपछि उनीहरूबीच प्रेम सम्बन्ध सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

← पहिलो समाचार || अर्को समाचार →