प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल
- ५ असार, २०७९
- मनोरन्जन
- Nepal Updates
काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।
उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् । नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड-१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो ।
द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।
हेर्नुहोस् थप तस्वीरहरु


