३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

अभिनेता अनमोल केसी हाजिर जमानीमा टेकुबाट रिहा

सोसल सेयर

अभिनेता अनमोल केसी हाजिर जमानीमा रिहा भएका छन् । शुक्रबार पक्राउ गरिएका केसीलाई बोलाउँदा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय गरिएको हो ।

अनमोलविरुद्ध प्रहरीले  आपराधिक विश्वासघात कसुरमा अनुसन्धान गरिरहेको छ । आइतबार जिल्ला अदालत काठमाडौँले ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । आइतबार नै ३ दिन पुरा भइसकेको र उनलाई सोमबार अदालत लैजानुपर्ने अवस्था थियो । तर, प्रहरीले उनलाई त्यसअघि नै रिहा गर्ने निर्णय गरेको छ ।
अनुसन्धान अधिकृतले जिम्मा जमानीमा छाड्ने निर्णयसँगै उनी जिल्ला प्रहरी परिसर टेकुबाट रिहा भएका हुन् ।
← पहिलो समाचार || अर्को समाचार →