‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम नै लागु नभएका कारण बजेट फ्रिज
- ७ चैत्र, २०८०
- समाचार
- Nepal Updates
‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रमको बजेट फ्रिज हुने भएको छ । सरकारले यो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा २४ करोड रकम बजेट विनियोजन गरेको छ ।
उनले भने, ‘वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल प्राथमिकतामा परेका थिए, यी अस्पतालमा लागु गर्ने भनिएको थियो तर सम्बन्धित अस्पतालले चासो नदिएपछि बजेट निकासा गर्न सकिएन ।’
मन्त्रालयका अनुसार संघ अन्तर्गत २३ वटा स्वास्थ्य संस्था छन् । ती अस्पतालमा समेत यो कार्यक्रम लागु हुन नसकेको प्रवक्ता बुढाथोकीले बताए । ‘बस्ने सुविधा, टेक्नोलोजी अनुसार सेवा सुविधा दिनु पर्ने तर बजेट पर्याप्त नहुने भएकाले कार्यक्रम लागु गर्न सकिएन,’ उनले भने ।
सरकारी निकायमा कार्यरत चिकित्सकले निजी क्षेत्रको स्वास्थ्य संस्थामा काम गर्न नपाउने भनेर सरकारले यो कार्यक्रम ल्याएको हो । यो कार्यक्रम लागु गर्न कार्यविधि नै ल्याइएको छ ।
तर बजेट पर्याप्त नहुँदा लागु गर्न नसकेको सरकारी निकायको दाबी छ । यता अध्ययन बिनै कार्यक्रममा ल्याइएको हुनाले लागु हुन सम्भव नरहेको चिकित्सकहरूको भनाइ छ ।
देशभर स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति ३१ हजार ६ सय ५० जना छन् । देश संघीयतामा गएपछि केन्द्रमा १ हजार ४१८ जना स्वास्थ्यकर्मी समायोजन भएका थिए ।