बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउँदै
- ७ चैत्र, २०८०
- समाचार
- Nepal Updates
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् ।
आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा ज्वेलरी फेसन रनवे हुन लागेको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् ।
ज्याकलिन आउने खबरसहित आरबी डायमण्डले लोगो पनि सार्वजनिक गरेको छ । आरबीले सोही कार्यक्रममा व्यावसायिक दूतको रुपमा चर्चित कन्टेन्ट क्रिएटर रेहान श्रेष्ठलाई नियुक्त गरेको छ । ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनले नेपाली गहनलाई अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्न ज्याकलिनको उपस्थितिले महत्वपूर्ण सन्देश दिने बताए ।