३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट

सोसल सेयर

भारतमा जारी मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट भएकी छन् । सोमबार भएको यो विधाको प्रतिस्पर्धामा सेमिफाइनलिस्ट घोषित भएसँगै नेपालले आफू दाबेदार रहेको सन्देश दिएको छ ।

उत्कृष्ट १० मा नेपालसहित बोत्स्वाना, ब्राजिल, चेक रिपब्लिक, इण्डोनेसिया, तान्जानिया, ट्रिनिडाड एण्ड टोबागो, टर्की, युगाण्डा र युक्रेन पनि छनोट भएका छन् । प्रियंका यसअघि ‘हेड टु हेड च्यालेन्ज’ विधाको उत्कृष्ट २५ मा छनोट भएकी थिइन् ।

शनिबार मुम्बईमा फिनाले आयोजना हुँदैछ । सो क्रममा सबै विधाको विजेता घोषणा हुनेछ । ‘ब्युटी विथ पर्पस’ विधाको लागि मिस नेपाल वर्ल्ड २०२२ प्रियंकाले चितवनको दुर्गम इच्छाकामना गाउँपालिकास्थित अपरदाङगढीमा केन्द्रीय विद्युत प्रसारण लाइन पुर्‍याउन पहल गरेकी थिइन् । यसबाहेक स्थानीय विद्यालयको मर्मत सम्भारदेखि स्थानीय उद्यमशीलताको विकास गर्ने कार्य पनि उनले गरेकी थिइन् ।
← पहिलो समाचार || अर्को समाचार →