३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

टाटा मोटर्सको ‘एक्सचेञ्ज विथ लव’ अफर सार्वजनिक

सोसल सेयर

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि भ्यालेन्टाइन स्पेसल ‘एक्सचेञ्ज विथ लव’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरु लैजान सकिने कम्पनीले जनाएको छ । शुक्रबारदेखि सुरु भएको यो अफर तीन दिनसम्म सञ्चालन हुने छ ।

यस अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरु साट्न सकिनेछ ।

उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेस्टर्न मोटर्स् महाराजगञ्ज, जेबी मोटर्स बालकुमारी र उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेसनल नेपालगञ्ज र नारायणगढमा रहेको एसएच मोटर्समा पुगेर यो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

यस अफरमा गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आईफोन १५ प्राप्त गर्नेछन् ।
← पहिलो समाचार || अर्को समाचार →