३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

‘ईसेवा’ ले छिट्टै ‘ऋण’ सापटी योजना ल्याउने

सोसल सेयर

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ‘ईसेवा’ ले छिट्टै ‘ऋण’ सापटी योजना ल्याउने भएको छ । हाल विभिन्न बैंक तथा वित्तीय कम्पनीहरूको साझेदारीमा पेमेन्ट ‘भुक्तानी’ को मात्र सेवा प्रवाह गरिरहेको कम्पनीले अब छिट्टै आफ्ना सेवाग्राही प्रयोगकर्ताहरूलाई ऋण सापटी समेत दिने भएको हो ।

यस्तै, कम्पनीले आफ्नो सेवा तथा सुविधालाई थप परिष्कृत र परिमार्जन गर्दै अब ईसेवा मोबाइल एपलाई अंग्रेजीको साथसाथै नेपाली भाषामा समेत उपलब्ध गराउने तयारी गरिरहेको बताएको छ । हाल एकमात्र अंग्रेजी भाषा हुँदा ग्रामीण सेवाग्राहीहरूलाई एप प्रयोगमा समस्या भएको महसुस गर्दै कम्पनीले अब विकल्पमा नेपाली भाषा समेत प्रदान गर्न लागेको हो । यो सुविधा थपिएसँगै ईसेवा हरेक नेपालीभाषीले सजिलै चलाउन सक्ने सीईओ जगदीश खड्काले भने ।
हाल ८१ लाख हारहारी युजर (प्रयोगकर्ताहरु) रहेको ईसेवा कम्पनीले कूल डिजिटल पेमेन्ट (भुक्तानी) को ७० प्रतिशत बढी कारोबार एक्लैले गर्दै  आएको छ ।
← पहिलो समाचार || अर्को समाचार →