चर्चित हलिउड अभिनेता जेट ली काठमाडौंका गुम्बामा
- ९ माघ, २०८०
- मनोरन्जन
- Nepal Updates
चिनियाँ मुलका चर्चित हलिउड अभिनेता जेट ली काठमाडौं आएका छन् । उनी काठमाडौंको बौद्धस्थित एक गुम्बामा बसेका छन् । बौद्ध धर्मावलम्बी लीलाई मनिशा कोइरालाले शनिबार गुम्बामै पुगेर भेटेकी छिन् ।

कोइरालाले लीसँगका तस्वीहरू एक्स (ट्वीटर) मा सार्वजनिक गरेकी छिन् । ली विश्वचर्चित हलिउड सुपरस्टार हुन् । उनले मार्शलआर्ट्सका पारंगत खेलाडीसमेत हुन् । ली ले साओलिन टेम्पल, रोमियो मस्ट डाइ, द वन, वार, द फोर्बिडन किंगडमलगायतका हलिउड फिल्ममा अभिनय गरेका छन् ।
