पाटन अस्पतालमा जेष्ठ नागरिक मृत्यु प्रकरण : अनुसन्धान जारी
- ८ मंसिर, २०८०
- समाचार
- Nepal Updates
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले २ जना जेष्ठ नागरिकको मृत्यु प्रकरणबारे अनुसन्धान जारी रहेको जनाएको छ । सो अस्पतालमा कात्तिक १८ गते ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुंगाकी ९० वर्षीय जनमाया राईको मृत्यु भएको थियो ।
‘सत्यतथ्य अनुसन्धानपछि विज्ञ समूहले यदि अस्पतालको कमजोरीका कारण बिरामीको मृत्यु भएको प्रमाणित भएमा अस्पताल कानुन अनुसार कारबाही भोग्न तयार हुन्छ’ उनले भने, ‘देशको कानुनी संयन्त्रले नै न्याय दिओस् भनेर हामी पर्खाइमा छौँ ।’
सो घटनालगत्तै मृतकका आफन्तले आक्रमण गरेको भन्दै चिकित्सक र नर्सहरूले ५ दिनसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए । तर केस छानबिन प्रक्रियामा रहेको भन्दै चिकित्सकहरू काममा फर्किएको अस्पतालका निर्देशक डाक्टर शाक्यले बताए ।
‘आक्रमण भएपछि रुष्ट भएका रेसिडेन्ड डाक्टरहरू केस कानुनी प्रक्रियामा गएकाले काममा फर्किएका हुन्’ उनले भने, ‘चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गर्नेलाई पक्राउ पुर्जी जारी भएपछि डाक्टरहरूले आन्दोलन फिर्ता लिएका हुन् ।’