३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

दुर्गा प्रसाईलाई दलहरुको पनि साथः नैनसिंह महर

सोसल सेयर

नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको बताए।

‘दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता हो। आज अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हो र हुनुपर्छ,’ उनले भने।
ओली, प्रचण्ड र प्रसाईंबिचको अघोषित सम्बन्धका कारण अहिलेको स्थिति सिर्जना भएको महरले दाबी गरे। ‘दुर्गा प्रसाईं हालको अवस्थामा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको बराबर सम्पर्कमा छन् । उनीहरूको दोहोरो उक्साहटमा दुर्गा प्रसाईंले आन्दोलन गरिरहेका हुन् । यसमा राजाको पनि अप्रत्यक्ष साथ होला । तर, बढी भूमिका प्रचण्ड–ओलीकै छ,’ उनले भने।
सत्ताको खेल र देशको ढुकुटीमा कसरी रजगज गर्ने भन्ने कम्युनिष्ट प्रपञ्चको हिस्सेदार हिजोदेखि नै दुर्गा प्रसाईं पनि रहेको महरको आरोप छ।
‘ओलीले वर्तमान सत्ताका खिलापमा दुर्गा प्रसाईंलाई प्रयोग गर्न चाहिरहेको देखिन्छ । प्रचण्ड दुर्गा प्रसाईंको माध्यमबाट ओलीलाई तर्साउन चाहन्छन् । प्रचण्ड र केपी ओलीका कमजोरीसँग दुर्गा प्रसाईं परिचित छन्,’ उनले भने।

प्रचण्ड र ओलीका कमजोरी प्रसाईंलाई थाहा रहेकाले उनीहरू प्रसाईंको खिलापमा जान नसक्दा अराजकताले प्रशय पाइराखेको महरले बताए ।

केही अराजक तत्व पुनः मुलुकमा द्वन्द्व निम्त्याएर अस्थिरता सिर्जना गर्न प्रयत्नरत रहेकाले कांग्रेस त्यसका खिलापमा बलियो गरी उभिनुपर्ने उनले बताए ।

‘कांग्रेस पनि सुध्रिनुपर्ने छ । हाम्रा कमी कमजोरी छन्। कांग्रेसले आफैँबाट सुधारको प्रक्रिया थाल्नुपर्छ। जनताका लागि काम गर्नुपर्छ । प्रजातान्त्रिक आचरण अनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सिर्जना गर्न जरुरी छ। यसरी अगाडि बढे कांग्रेस र मुलुक दुवै समृद्ध हुने छन्,’ उनले भने।

प्रधानमन्त्री प्रचण्ड केही दिनमै जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८औं सम्मेलनमा भागलिन जाने कार्यक्रममा यो विषमा बुलन्द आवाज उठाउनु पर्ने उनको भनाइ छ । जलवायु परिवर्तनको असरले विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लिने, विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुख्खा खडेरी तथा तराई मधेशमा बाढी पहिरोको देखिन थालेको तर्फ महरले चिन्ता व्यक्त गरे ।

 

← पहिलो समाचार || अर्को समाचार →