३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

वैज्ञानिकको दावी : खोपबाट बनेको एन्टिबडी निरन्तर घट्दै जान्छ

सोसल सेयर

कोरोना खोप लगाएका व्यक्तिको सम्बन्धमा बेलायतका वैज्ञानिकहरुले एक अनुसन्धान गरेका छन् । युनिभर्सिटी कजेल लण्डनको इनिस्टच्युट अफ हेल्थ इन्फर्मेटिक्सका वैज्ञानिकहरुले एक अनुसन्धान गरी त्यसको नतिजा सार्वजनिक गरेको हुन् ।

उनीहरुले गरेको अनुसन्धानको नतिजा अनुसार कोरोना खोपका कारण शरीरमा बनेको एन्टिबडी बिस्तारै कम हुँदै गएको देखिएको छ । खोप लगाएको १० हप्तामा त कोरोनाविरुद्ध शरीरमा बनेको एन्टिबडी ५० प्रतिशतसम्म घटेको पाइएको छ ।

वैज्ञानिकहरुले खोपको दोस्रो डोज लगाइसकेका ५० देखि ७० वर्ष उमेर समूहका ६०५ जनामाथि अध्ययन गरेका थिए । उनीहरुले फाइजर र एस्ट्राजेनेका खोप लगाएका थिए । अनुसन्धानमा सहभागीहरुको रगतको नमुना लिई एन्टिबडीको लेबल परीक्षण गरिएको थियो।

सहभागीहरुको एन्टिबडीको लेबल फरक–फरक देखियो । खोपको दोस्रो डोज लगाएको ६ सातादेखि शरीरमा एन्टिबडीको मात्रा घट्दै गएको देखियो । १० हप्तामा त एन्टिबडीको मात्रा आधा अर्थात ५० प्रतिशतसम्म घटेको पाइयो ।

अध्ययनले एस्ट्राजेनेका खोप लगाउने भन्दा फाइजरको खोप लगाउनेको शरीरमा एन्टिबडी धेरै बनेको देखाएको छ ।

वैज्ञानिकहरुले प्रकाशन गरेको अध्ययनको नतिजा अनुसार फाइजर खोपको दोस्रो डोज लगाएको ६ हप्तामा एन्टिबडीको लेबल ७५०० युनिट प्रति मिलिलिटर देखायो ।  खोपको दोस्रो डोज लगाएको १० सातापछि त्यो घटेर ३३०० युनिट प्रति मिलिलिटर पुग्यो ।

यसैगरी एस्ट्रानेजेकाको दोस्रो डोज लगाएको ६ हस्तामा एन्टिबडीको लेबल १२०० युनिट प्रति मिलिलिटर देखाएको थियो । १० हप्तामा १९० मात्रै देखायो ।

अध्ययन कर्ताले केही महिनापछि बुस्टर डोज लगाउनु आवश्यक देखिएको सुझाव दिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →