३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

ललितपुर महानगरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

सोसल सेयर

१५ साउन, काठमाडौं । ललितपुर महानगरपालिकामा आज शुक्रबारदेखि कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।

महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ । खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।

साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको भोलिपल्ट यही साउन १८ गते सोमबारदेखि जोनसन एण्ड जोनसन कम्पनीको जान्सेन एण्ड जान्सेन खोप लगाउने कार्यक्रम सुरु गरिने महानगरपालिकाले जनाएको छ ।

साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको भोलिपल्ट यही साउन १८ गते सोमबारदेखि जोनसन एण्ड जोनसन कम्पनीको जान्सेन एण्ड जान्सेन खोप लगाउने कार्यक्रम सुरु गरिने महानगरपालिकाले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →