स्पोटीफाइमा लोकप्रिय मेयर बालेन,१२२ देशबाट उनका गीतलाई सुनिएको
- १४ मंसिर, २०८०
- मनोरन्जन
- Nepal Updates
विश्व संगीतको लोकप्रिय प्लाटफर्म स्पोटीफाइले सन् २०२३ मा धेरै सुनिएका गीत र पडकास्टको सूची सार्वजनिक गरेको छ । साथै, प्लाटफर्ममा समेटिएका अन्य कलाकारको सूची पनि आउन थालेको छ ।
स्पोटीफाइले नेपालभित्र र बाहिर धेरै सुनिने संगीतकर्मी र उनीहरुको सिर्जनाको सूची पनि सार्वजनिक गर्दैछ । यो सन्दर्भमा सन् नेपाली र्यापर बालेन पनि स्पोटीफाइमा धेरै रुचाइनेमध्येका नेपाली संगीतकर्मी हुन् ।
सन् २०२३ मा बालेनका गीत स्पोटीफाइमा ६ लाख ६१ हजार पटक स्ट्रिमिङ भएका छन् । यो प्लाटफर्ममा उनका श्रोता संख्या यो वर्ष १ लाख ५ हजार रहेका छन् । उनको गीतलाई कुल ३१ घण्टासम्म सुनिएको छ ।
कुल १२२ देशबाट बालेनका गीतलाई सुनिएको स्पोटीफाइले जनाएको छ ।