३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

नेपाल राष्ट्र बैंकले पुरानै ट्रेजरी बिलको बोलकबोल गर्ने

सोसल सेयर

नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

यद्यपि, उक्त ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार ९१ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि ६ अर्ब ४६ करोड रुपैयाँ र ३६४ दिने ट्रेजरीका लागि ३ अर्ब रुपैयाँ छुट्याइएको छ ।

आज बोलकबोल हुने ट्रेजरी भोलि मंगलबार अर्थात् असोज २३ गते बिक्री गरिनेछ ।  यसअघि केन्द्रीय बैंकले असोज १५ गते २० अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →