नेपाल राष्ट्र बैंकले पुरानै ट्रेजरी बिलको बोलकबोल गर्ने
- २२ आश्विन, २०८०
- अर्थ
- Nepal Updates
नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
आज बोलकबोल हुने ट्रेजरी भोलि मंगलबार अर्थात् असोज २३ गते बिक्री गरिनेछ । यसअघि केन्द्रीय बैंकले असोज १५ गते २० अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।