३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

नेप्सेमा ३३ अंकको गिरावट, बजार कहिले बढ्ला ?

सोसल सेयर

बजार पुन: २ हजार विन्दुमुनि झरेको छ । विगत पाँच कारोबार दिनमा २ हजार विन्दुमाथि रहेको नेप्से आइतवार भने २ हजारविन्दु मुनि झरेको हो ।

साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक १ दशलमव ६५ प्रतिशत घटेको छ । यससँगै परिसूचक १ हजार ९७१ दशमलव १० विन्दुमा झरेको हो ।

यस दिन २८४ धितोपत्रको ६७ लाख २३ हजार ४ सय कित्ता शेयर ८२ हजार ८ सय पटकमा रू. १ अर्ब ८३ करोड बराबरको शेयर कारोबार भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ४४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ६६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ४१ प्रतिशत घटेको हो ।

शेयर बजार सुधारका लागि नीतिगत व्यवस्था परिमार्जन हुने अपेक्षामा लगानीकर्ता रहे पनि सरकार तथा राष्ट्र बैंकबाट यसमा सुधारको निर्णय नहुँदा आइतवार बजारमा नकारात्मक प्रभाव परेको जानकारहरू बताउँछन् । यससँगै महँगो ब्याजदरका कारण पनि बजार प्रभावित भएको उनीहरू बताउँछन् ।

बजार सुधारका लागि लगानीकर्ताको मनोबल उच्च हुन जरुरी रहेको उनीहरू सुझाउँछन् ।

← पहिलो समाचार || अर्को समाचार →