३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा रोक

सोसल सेयर

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा रोक लगाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलय वृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएका हुन् । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।

पुरानै मूल्य कायम हुँदा ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ हुनेछ ।

 

← पहिलो समाचार || अर्को समाचार →