झापामा कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु
- १४ श्रावण, २०७८
- समाचार
- Nepal Updates
झापामा जिल्लामा मात्रै कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा ३ जना महिला र २ जना पुरुष छन् ।
बुद्धशान्ति गाउँपालिकाकी ५९ वर्षीया र दमक नगरपालिकाकी ६२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
त्यसैगरी कमल गाउँपालिकाका १०१ वर्षीय पुरुषको समेत कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कमल गाउँपालिकाकाकै ८१ वर्षीया वृद्धाको मृत्यु भएको छ । भद्रपुर नगरपालिकाका ७० वर्षीय पुरुषको पनि कोरोनाबाट ज्यान गएको छ ।
जिल्लामा अघिल्लो दिन कोरोनाबाट ४ जनाको मृत्यु भएको थियो । २४ घण्टामा देशभर १४ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।