३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

झापामा कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु

सोसल सेयर

झापामा जिल्लामा मात्रै कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा ३ जना महिला र २ जना पुरुष छन् ।

बुद्धशान्ति गाउँपालिकाकी ५९ वर्षीया र दमक नगरपालिकाकी ६२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यसैगरी कमल गाउँपालिकाका १०१ वर्षीय पुरुषको समेत कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  कमल गाउँपालिकाकाकै ८१ वर्षीया वृद्धाको मृत्यु भएको छ । भद्रपुर नगरपालिकाका ७० वर्षीय पुरुषको पनि कोरोनाबाट ज्यान गएको छ ।

जिल्लामा अघिल्लो दिन कोरोनाबाट ४ जनाको मृत्यु भएको थियो । २४ घण्टामा देशभर १४ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →