ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न पाइने नियम
- ९ माघ, २०८०
- कानुन
- Nepal Updates
सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले सातवटै प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ लगायत कुनै पनि नेपाल कानूनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने किसिमको बाध्यात्मक व्यवस्था उल्लेख भएको नदेखिएको हुँदा आम परीक्षार्थीहरूको गुनासो सम्बोधन गर्न ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सोको कार्यान्वयनको जानकारी यस केन्द्रलाई उपलब्ध गराउन मिति २०८० माघ ५ गतेको (सचिवस्तरीय) निर्णयबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ को (छ) अनुसार निर्देशन दिइएको व्यहोरा अनुरोध छ ,’ केन्द्रका उपसचिव विनोद गौतमले गरेको परिपत्रमा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबार, यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका ट्राफिक कार्यालयलाई समेत परिपत्रको बोधार्थ गरिएको छ ।
हेर्नुहोस्, पत्र :