धोकेबाज गीतकी गायिका एलिना चौहानको ब्रेकअप
- ९ माघ, २०८०
- मनोरन्जन
- Nepal Updates
धोकेबाज गीत गाएर धेरै नै चर्चा बटुलेकी चर्चित गायिका एलिना चौहानको ब्रेकअप भएको खबरले साङ्गीतिक वृत्त गर्माएको छ । अस्ट्रेलियामा बस्ने प्रेमी विष्णु सापकोटासँग ब्रेकअप भएको एलिनाले मिडियासँग स्वीकार गरिसकेकी छन् ।
एलिना र विष्णुको प्रेम सम्बन्ध गतवर्ष सार्वजनिक भएको थियो । उनीहरू छिट्टै विवाह गर्दैछन् भन्ने चर्चा पनि साङ्गीतिक वृत्तमा थियो । यही वर्षको मंसिरमा आफूहरूको विवाह हुन सक्ने भनेर एलिनाले आफ्ना साथीहरूलाई बताएकी समेत थिइन् । यद्यपि, अन्ततः उनको प्रेम सम्बन्ध टुट्यो ।
स्रोतका अनुसार, विष्णुले केही समययता एलिनाको चरित्रमाथि अनेक प्रश्न उठाउने गर्दथे । स्टेज कार्यक्रमहरूमा जाँदा, अन्य युवकसँग बोल्दा, भेट्दा अनावश्यक शंका गर्ने गर्दथे । रेकर्डिङका लागि स्टुडियो जाँदा समेत एलिनाले प्रेमीलाई म्यासेन्जर भिडियोमा त्यहाँको माहोल देखाउनुपर्थ्यो । विष्णुको त्यस्तो व्यवहारबाट आजित बनेकी एलिनाले अन्ततः अलग्गिने निर्णय लिएको हुनसक्ने उनी निकटस्थहरु बताउँछन् ।
एलिना यतिबेला भने देशभित्रका मेला–महोत्सवमा निकै व्यस्त छिन् ।