मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकरी प्रहारको प्रयास
- २४ पुष, २०८०
- समाचार
- Nepal Updates
सिरहामा मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकरी प्रहारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास गरेको आरोपमा रामनारायण सिंहलाई प्रहरीले पक्रेको हो ।
‘भिडियोमा खुकुरी तेर्साएको पाइएपछि उनलाई आज घरबाटै पक्राउ गरेको हो । अहिलेसम्म पीडितले उजुरी दिएको छैन । अहिले नियन्त्रणमा राखेका छौं । पीडितले उजुरी दिएपछि कानुन कारबाही गर्छौ’ डीएसपी बस्नेतले भने ।
सिंहका छोरा शैलेन्द्र, भाइ नितेश सिंह समेत आफूमाथिको घटनामा संलग्न रहेको पीडित सञ्जयले बताए । उनले मिटरब्याजी सुरेश पञ्जियारका भाइ दिनेश र रामनारायणमाथि जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन सम्बन्धि उजुरी गत वैशाखमै दर्ता गराएका थिए ।