कान्छी छोरीलाई उत्तराधिकारी बनाउन खोजिरहेका छन् किम जोन उन
- २४ पुष, २०८०
- राजनिति
- Nepal Updates
दक्षिण कोरियाली जासुसी संयन्त्रले पहिलोपटक किमले छोरीलाई उत्तराधिकारीका रुपमा तयार गरिरहेको सुचना ल्याएको हो ।
उत्तर कोरियाली शासक किम जो उनले आफ्नी छोरीलाई उत्तराधिकारी बनाउँदै मुलुकको नेतृत्व गर्नका निम्ति उनलाई तयार गराइरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन् ।
क्षेप्यास्त्र परीक्षणका साथै सैन्य परेड समारोहमा उनलाई महत्व दिँदै सरिक गराइनुले किमले आफ्नी कान्छी छोरी किम जो ऐलाई उत्तराधिकारी रुपमा तयार गरिरहेको आकलन छ ।
दक्षिण कोरियाली मन्त्री किम योङ होले पनि यस्तै प्रक्षेपण गरेका थिए । ‘किम जोन उनले आफ्नी छोरीलाई दिएको महत्वले उनले छोरीलाई उत्तराधिकारी बनाउन चाहेको प्रस्ट हुन्छ,’ बीबीसीमा उल्लेख छ ।