३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

भैरहवामा नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटेपछि धर्ना सुरु

सोसल सेयर

भैरहवामा नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगका प्रतिनिधि र त्यहाँ कार्यरत मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरु नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि जम्मा भएर धर्ना दिएका छन् ।

उनीहरुले ‘ट्रंक लाइनको निहुँमा उद्योग मास्न पाइँदैन’, ‘नियमन आयोगको नियम लागु गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले आज विद्युत प्राधिकरणको कार्यालय अगाडि दुई घण्टा धर्ना दिने बताए । श्रेष्ठले करिब ४० वटा उद्योगका प्रतिनिधि धर्नामा सहभागी भएको बताए । ‘बिलिङ गरिएका २३ वटा उद्योगहरु बन्द भएका छन् । थप १७ वटा आज स्वतःस्फूर्त बन्द हुने क्रममा छन्,’ श्रेष्ठले भने, ‘हामी करिब ४० उद्योगका प्रतिनिधिहरु धर्नामा छौं ।’

उनका अनुसार पञ्चकन्या, समृद्धि स्टील, श्री स्टिल लगायतका उद्योगहरु बन्द भएका छन् । धर्नामा नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति राजेश अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, रुपन्देही उद्योग संघका प्रतिनिधि लगायत सहभागी रहेको श्रेष्ठले बताए

← पहिलो समाचार || अर्को समाचार →