३१ श्रावण २०८३, आईतवार  |  16 August 2026,Sunday

१० करोड टन भन्दा बढी भूगर्भीय तेल भण्डार चीनले फेला पार्यो

सोसल सेयर

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ ।
हालसम्म चाङ्छिङ आयल फिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको (प्रमाणित) तेल भण्डार र ५६.२ मिलियन टनको (अनुमानित) तेल भण्डार फेला पारेको चाङ्छिङ आयल फिल्ड कम्पनीका उपमहाप्रबन्धक निउ सियाओबिङले बताएका छन् ।

हाल नयाँ तेल क्षेत्रको दैनिक कच्चा तेल उत्पादन ५०४ टन पुगेको छ । र, पत्ता लगाइएको तेल भण्डारहरूले प्रतिवर्ष पाँच लाख टनको कच्चा तेल उत्पादन क्षमता बनाएको निउले उल्लेख गरेका छन् ।
यसअघि, चाङ्छिङ आयलफिल्डले विश्वस्तरीय अल्ट्रा-ठूलो तेल निर्माण गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →