१८ असार २०८३, बिहीबार  |  2 July 2026,Thursday

उच्च अदालतकाे न्यायाधीशका लागि ३९ जनाको नाम सिफारिस

सोसल सेयर

न्याय परिषदले उच्च अदालतका न्यायाधीशमा नियुक्ति गर्न ३९ जनाको नाम सिफारिस गरेको छ। यसअघि बनाएको मापदण्डलाई स्थगित गरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हाे ।

आज बसेको बैठकले जिल्ला अदालतका २६ न्यायाधीश, न्याय, कानुन र सरकारी वकिलबाट ४ कर्मचारी र ९ वकिललाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरिएको परिषद् सचिवालयले जनाएको छ।

यसअघि उच्च अदालतको न्यायाधीशका लागि कार्यसम्पादनमा अब्बल भएका जिल्ला न्यायाधीश र कम्तीमा प्रथम श्रेणीका कर्मचारीलाई वरिष्ठताका आधारमा, १० वर्ष निरन्तर वकालत गरेका वकिलमध्ये पनि वर्षमा पाँचवटाका दरले कम्तीमा सयवटा मुद्दामा बहस गरेका र तीन वर्षसम्म निरन्तर आयकर तिरेका अधिवक्ताले आवदेन दिन पाउने मापदण्ड तय गरिएको थियो।

यो मापदण्डभित्र परेका न्यायाधीश र वकिलहरूको आवेदन परेपछि कार्यसम्पादन, फैसला, बहस, नैतिक आचरणलगायतका पक्षहरू हेरेर सर्ट लिष्ट तयार पारिन्थ्यो। त्यसमध्ये पनि अब्बललाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने मापदण्ड थियो।

 

← पहिलो समाचार || अर्को समाचार →