१८ असार २०८३, बिहीबार  |  2 July 2026,Thursday

आज उपत्यकामा योमरी पुन्ही मनाइदैँ

सोसल सेयर

योमरी पुन्ही (धान्य पूर्णिमा) को दिन काठमाडौं उपत्यका लगायतका नेवारहरुले चामलको पिठो मुछेर अंजीर आकार बनाई त्यस भित्र तिल मिसाइएको चाकुको झोल हालिन्छ र त्यसलाई उसिनेर पकाइन्छ । यसका साथै मासको पेस्ट हालेर माय्मरी बनाई खाने चलन पनि छ ।

यस दिन चामलको पिठोबाट लक्ष्मी, कुबेर आदि थरिथरिका देवीदेवता पनि बनाइ ढुकुटीमा राखेर पुजिन्छ । योमरी पुन्ही सम्बन्धी किंवदन्ती यस प्रकार छ । योमरीको उत्पत्तिलाई ‘रत्नबदाने बुद्ध वचन’ मा उल्लेख गरिए अनुसार लिच्छवीकालका प्रख्यात राजा अंशुवर्माको पालामा पाञ्चाल नगर (अहिलेको पनौती) बाट शुरु भएको किंवदन्ती छ ।

तिहारमा देउसी खेले जस्तै यस दिन बेलुका विशेषतः नेवारहरुले ‘त्यःछिं त्यः ब्वकछिं त्यः’ भनि योमरी तथा अन्य नगद जिन्सी माग्ने चलन थियो । समयक्रमसँगै बालबालिकाहरुको छुट्टै रुची र प्राथमिकताका कारण यो चलनको लोकप्रियतामा कमी आएको पाईन्छ ।

कसरी बनाइन्छ योमरी ?

योमरी तथा माय्मरी बनाउनको लागि आवश्यक चामल तथा चाकुमा शक्ति प्रदायक कार्बोहाइड्रेट प्रशस्त मात्रामा पाइन्छ । त्यसैगरी योमरीमा राखिने चाकु पनि विशेषतः यो शक्तिप्रदायक खाद्य पदार्थ हो ।

यसमा कार्बोहाइड्रेट उच्च मात्रामा हुन्छ । त्यसो भएर जाडो महिनामा यो पर्वको मनाउनुको सान्दर्भिकता पनि छ । किनकि जाडोयाममा शारीरिक तापको लागि क्यालोरी प्रदायक कार्बोहाइड्रेटको आवश्यकता हुन्छ । चाकुमा क्याल्सियम, आइरन, क्यारोटिन पनि पाइन्छ । यो विभिन्न आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ । नेवारी सम्प्रदायमा माघे संक्रान्तिमा बाहेक सुत्केरी महिलालाई पनि अधिक ख्वाइन्छ । यसले शरीरमा शक्ति दिन, खोकी निको पार्न, पाठेघर खुम्च्याउन मद्धत दिन्छ ।

 

चाकुमा मिसाइने तिल जाडो याममा खानाले शरीरमा थप ऊर्जा प्राप्त हुन्छ । कालो तिल सबैभन्दा गुणकारी मानिन्छ । यो वात्त, पित्त र कफनाशक हुन्छ । तिलमा भिटामिन ई समेत हुन्छ । तिलमा प्रोटिन, क्याल्सियम, भिटामिन बी कम्प्लेक्स प्रचुर मात्रामा हुन्छ । यसको सेवनले मानसिक दुर्बलता एवं तनाव हटाउँछ । दाँत बलियो पार्न, अल्काईबाट बच्न, कपाल झर्न तथा फुल्नबाट जोगाउन तथा तिल उपयोगी मानिन्छ ।

चाकुको लेदोमा थप स्वादिष्ट बनाउन नरिवलको धुलो मिसाउन सकिन्छ । त्यसो त नरिवलको उपयोग फल, पानी र रसका रुपमा गरिन्छ । यो पुष्टिकारक, बलवद्र्धक, रक्तविकार एवं वातपित्त नाशक हो । यसको पानीले तिर्खा मेटाउने, पाचन बढाउने गर्दछ । यो विर्यवद्र्धक पनि हुन्छ । यसमा शरीरका लागि अति उपयोगी भिटामिन ए, बी, सी का साथै प्रोटिन, क्याल्सियम र आइरन हुन्छ ।

आन्द्राको जीर्ण रोग क्रोहन्स डिजिजका लागि उपयोगी नरिवल आन्द्रामा जलन, पखाला, दिसामा रगत आउने, तौल कम हुने क्षमता हुन्छ । यसमा कोर्टिकस्टोराइड जस्तै फाइटोस्टेरोल्स हुने हुनाले सुजन आदि घटाउन मद्धत गर्दछ । ताजा नरिवलमा प्रशस्त मात्रामा पाइने जिंकका कारण मोटोपना घटाउँछ ।

← पहिलो समाचार || अर्को समाचार →