बैंक तथा वित्तीय संस्थाले जारी गर्ने कर्जाको ब्याजदर औसत ८.७७ प्रतिशत
- २७ चैत्र, २०८०
- अर्थ
- Nepal Updates
बैंक तथा वित्तीय संस्थाले जारी गर्ने कर्जाको ब्याजदर २५ महिनायताकै कम भएको छ।
राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार फागुनमा बैंकहरूको कर्जाको ब्याजदर औसत १०.७८ प्रतिशतमा आएको छ।
यसअघि २०७९ चैतमा यस्तो ब्याजदर १०.७८ प्रतिशत थियो। त्यसयता बढेर १३.०३ प्रतिशतसम्म पुगेको थियो। निक्षेप लागतमा हुने फरबदलसँगै कर्जाको ब्याजदर पनि घटबढ हुने गर्छ।
निक्षेपको ब्याजदर समेत यो अवधिमा ९.१७ प्रतिशतबाट बढेर १०.९१ प्रतिशतसम्म पुगेको थियो। गत फागुनमा भने निक्षेपको ब्याजदर घटेर औसत ८.७७ प्रतिशतमा आइपुगेको छ।
आगामी महिना वैशाखका लागि पनि अधिकांश बैंकले ब्याजदर घटाउने सम्भावना कायमै छ। तर चैत अन्त्य नहुँदै सरकारले स्थानीय तहको रकम बैंकहरूले निक्षेपको रूपमा गणना गर्न पाउने व्यवस्था हटाएसँगै केही बैंकलाई पुँजी दबाब थप बढेको छ।
यस्ता केही बैंकहरूले निक्षेपको ब्याजदर केही बढाउने सम्भावना छ। केही बैंकले ब्याजदर स्थिर राख्ने सम्भावना समेत रहे पनि धेरैले भने ब्याजदर घटाउने सम्भावना कायमै रहेको बैंकरहरू बताउँछन्।