१६ आश्विन २०८३, शुक्रबार  |  2 October 2026,Friday

बल्खुस्थित साझा पेट्रोल पम्प २४ सै घण्टा खुला रहने

सोसल सेयर

बल्खुस्थित साझा पेट्रोल पम्प २४ सै घण्टा खुला रहने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उक्त सेवाको उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा मन्त्री भण्डारीले ‘इन्धन सेवा २४ सै घण्टा’ भन्ने अभियान सुरू भएको बताए। ‘इन्धन अत्यावश्यक वस्तु भएकाले हामीले २४ सै घण्टा सेवा दिन खोजेका हौं,’ उनले भने।

अत्यावश्यक सेवा २४ सै घण्टा खुला गर्नुपर्ने राज्यको दायित्व भएको बताउँदै भण्डारीले त्यसको सुरूआत भएको जानकारी दिए।

← पहिलो समाचार || अर्को समाचार →