३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

६ महिनामा सुनको भाउ डेढ लाख पुग्नसक्ने अनुमान

सोसल सेयर

पछिल्लो समय सुनको मूल्य लगातार बढेर नयाँ रेकर्ड कायम गरिरहेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार चैतको सुरुवातदेखि हालसम्म प्रतितोला ५ हजार रुपैयाँले सुनको मूल्य बढिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पछिल्ला दिनहरुमा सुनको मूल्य उच्चरुपमा बढिरहेको छ ।

सुनको मूल्यसँगै डलर र पेट्रोलियम पदार्थको मूल्य पनि बढ्दो क्रममा छ ।

विश्वको सर्वमान्य सिद्धान्तअनुसार डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने , डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने भन्ने छ । तर, पछिल्ला दिनहरुमा डलरको भाउसँगै सुनको मूल्य पनि उच्च रुपमा बढिरहेको अवस्था छ ।

शुक्रबार डलरको भाउमा पनि बढोत्तरी देखिएको छ । शुक्रबार डलरको खरिद मूल्य १३३.१५ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । डलरको भाउमा बढोत्तरी हुँदा सुनको मूल्यमा कमी हुनुपर्ने हो । तर, शुक्रबार प्रतितोला नै २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।

← पहिलो समाचार || अर्को समाचार →