१७ असार २०८३, बुधबार  |  1 July 2026,Wednesday

विदेशबाट फर्केर सूर्यमुखी फूल खेती

सोसल सेयर

चितवन कालिका नगरपालिका र रत्ननगर नगरपालिका सीमामा अहिले सूर्यमुखी फूल ढकमक्क फुलेको छ । पाँच हेक्टर जग्गामा चार जना मिलेर गरेको यो खेतीमा अहिले सूर्यमुखी फूलको दाना लाग्ने बेला भएको छ ।

फूल हेर्न चितवन आसपासका मानिस अहिले खेतमै पुगेर मनोरम दृश्य हेरिरहेका छन् । नेपालमा खासै सुरु नभएको सूर्यमुखी फूलको व्यावसायिक खेती लगाउने चितवनका सञ्जीव गिरी हुन् ।

इजरायलको कृषि क्षेत्रमा काम गरेर आएका गिरी तीन वर्षदेखि व्यावसायिक खेती गरिरहेका छन् । उनले अन्य तीन साथीसँग मिलेर व्यावसायिक सूर्यमुखी फूल खेती पहिलोचोटि गरेका हुन् । गिरीले एक बिघाभन्दा धेरै जमिनमा तरकारी खेती लगाएका छन् । आगामी साता १० कठ्ठा जमिनमा मेवा रोप्ने योजना पनि गिरीको छ ।
← पहिलो समाचार || अर्को समाचार →