१८ चैत्र २०८२, बुधबार  |  1 April 2026,Wednesday

काठमाडौँमा झरीले गरायो चिसो महसुस

सोसल सेयर

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बागमती सहितका कोशी र मधेस प्रदेशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।

काठमाडौंको कपन, बूढानीलकण्ठ र गोकर्णेश्वरको धाप, भक्तपुरको नगरकोट लगायतका ठाउँमा बिहानैदेखि पानी परिरहेको छ। झरी परेपछि चिसो केही बढेको छ।

गोकर्णेश्वरको धाप क्षेत्रमा पछिल्लो २४ घन्टामा ३.० मिलिमिटर पानी परेको छ। कपन क्षेत्रमा ०.६ मिलिमिटर पानी परेको छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा ०.४ मिलिमिटर वर्षा मापन भएको छ।

पछिल्लो २४ घन्टामा सिराहामा अधिक पानी परेको छ। सप्तरी र सिराहाको सीमामा पर्ने चुरेमाईमा पछिल्लो २४ घन्टामा ३० मिलिमिटर पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनकाअनुसार बागमतीको सिन्धुली, मकवानपुर जिल्ला र आसपासका ठाउँहरूमा छिटपुट वर्षा भइरहेको छ।

सिन्धुलीको रानीबास पछिल्लो २४ घन्टामा ७.६ मिलिमिटर पानी परेको छ। महोत्तरीको बर्दिबासमा ६.६ मिलिमिटर र उदयपुरको सुन्दरपुरमा ८.४ मिलिमिटर पानी परेको छ। खोटाङको ऐँसेलुखर्कमा ४.८ र ओखलढुंगाको मानेभञ्ज्याङमा ४.६ मिलिमिटर पानी परेको छ। पश्चिमतर्फ भने आंशिक बदली छ। कर्णालीको चिसापानी क्षेत्रमा पछिल्लो २४ घन्टामा १.२ मिलिमिटर पानी परेको छ।

← पहिलो समाचार || अर्को समाचार →