३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

इम्बोस्ड नम्बर प्लेट वितरण गर्न नसक्दा यातायात व्यवस्था विभाग हैरान

सोसल सेयर

प्रदेश मातहतका यातायात कार्यालयहरुले समयमै सवारीसाधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट वितरण गर्न नसक्दा यातायात व्यवस्था विभाग हैरान भएको छ । यसअघि २०७३ सालमै सवारी साधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट जडानका लागि भन्दै विदेशी कम्पनी डेकाटुर टाईगरलाई यसको छपाई र वितरण गर्ने जिम्मा दिईएको थियो । त्यसयता विभिन्न झमेलाका कारण कम्पनीले जिम्मा पाएको २५ लाख सवारीसाधनमा जडान गर्नुपर्ने यस्तो नम्बर प्लेट छपाईसमेत हालसम्म अन्यौलमा छ । नेपाल पक्षले गर्नुपर्ने यसको सहजीकरण, वितरणको काम समयमै गर्न नसकेपछि डेकाटुर कम्पनीको ५ बर्षको म्याद २०७८ को जेठमै सकिसकेको थिाये । थपिएको म्यादमा भने यसको छपाई र वितरणमा सरकार पनि लागिपरेपछि यसमा केहि प्रगति भने भएको थियो ।

सरकारले यसबीचमा बागमति र गण्डकी प्रदेशका प्रदेश कार्यालयहरुलाई अनिवार्य रुपमा यस्तो नम्बर प्लेट सबैजसो सवारीसाधनमा जडान गर्न निर्देशनसमेत दिएको थियो । तर, त्यसको विरोध भएपछि सरकार पुनः पछि हट्नुपर्याे यद्यपी त्यो अवधिमा यातायात व्यवस्था विभागले मागबमोजिम करिव ५० देखि ५० हजार इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्यो । तर, थपिएको २८ महिनाको म्याद पनि गत मंसिरमा पुनः सकियो । यसरी यो नम्बर प्लेट छपाई गर्ने निर्णय भई जडान गर्न लागेको पनि ७ बर्ष बढी वितिसक्दा लक्ष्यको जम्मा ५ प्रतिशत मात्रै काम भएको छ । यसबीचमा प्रदेश कार्यालयहरुले नै साथ नदिएपछि विभागले लक्ष्यअनुसार यसको छपाई गरी वितरण गर्न नसकेको सूचना अधिकारी पनेरु बताउँछन् । प्रदेशको मागअनुसार मात्रै प्रादेशिक कार्यालयहरुमा वितरण र जडानका लागि पठाउनुपर्ने गरी विभागमा हाल ८ लाख बढी इम्बोस्ड नम्बर प्लेट छापेर थन्किएका छन् ।

यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट छापेर सातै प्रदेशमा पठाउने काम गर्छ । त्यसका लागि विभागको आडैमा डेकाटुर टाईगर कम्पनीले इम्बोस्ड नम्बर प्लेट छाप्ने काम गरिरहेको छ भने विभागले छापिएका नम्बर प्लेटहरु प्रदेशबाट माग भएबमोजिम पठाउने गर्छ ।

हाल विभागसँग प्रदेश र कार्यालयहरुले माग गरेअनुसारको इन्बोस्ड नम्बर प्लेट छपाई गरेर आपुर्ति गर्न सक्ने क्षमता छ । तर, कार्यालयले सर्वसाधारणलाई यसको वितरण नगर्नाले छापिएका इम्बोस्ड नम्बर प्लेट पनि थन्किएका हुन् । करिव ५ अर्ब रुपैयाँ लागत रहेको उक्त नम्बर प्लेट जडानको जिम्मा पाएको कम्पनीले आफ्नो काम नसकिएपनि भुक्तानी भने लिन पाउने सम्झौतामै उल्लेख छ ।

यदि सेवाग्राहीले इम्बोस्ड नम्बर प्लेट जडानमा उपेक्षा गरे सरकारको करिव ५ अर्ब डुब्ने खतरा हुनेछ भने जोडिसकेका सेवाग्राहीलाई उक्त नम्बर प्लेट घाँडो बन्नेछ । तर, पनि विभागले हालसम्म नम्बर प्लेट छपाई कार्य रोकेको छैन । विभागमा छापिएका नम्बर प्लेटको खात लागेको छ । यसको वितरणका लागि प्रदेशहरुसँग सहजीकरणको माग विभागले बेलाबेलामा मागेपनि आग्रहबमोजिम सहजीकरण नभएको विभागका महानिर्देशक उद्भव प्रसाद रिजाल बताउँछन् । ‘यसमा नेपाली पक्षले नै ढिलाई गरिदिँदा छपाई गर्ने विदेशी कम्पनी पनि हैरान भईसकेको छ,’ उनले भने, यहि बिषयले पछि झन ठुलो तनाव थपिने देखिएको छ ।’

विदेशी कम्पनी डेकाटुर टाइगरले इम्बोस्ड नम्बर प्लेट छपाईका लागि उपकरणहरु ल्याएर जडान गरी पछिल्लो ७ बर्षदेखि विभागले अनुरोध गरेअनुसारको छपाई गरिरहेको छ । तर, ५ बर्षमा २५ लाख प्लेट छाप्नुपर्ने भएपनि अदालती लफडा, अटेरीलगायतका कारण विभागले कम्पनीलाई छपाईको अनुरोधन गर्न नसकेको र सोही अुनसार छपाई र वितरणमा पनि ढिलाई भईरहेको रिजाल बताउँछन् ।

‘अब नयाँ मन्त्रीज्यु आउनुभएको छ वहाँले प्रदेशमा पनि यसको वितरण गर्न जोड दिनुहोला की भन्ने छ’ उनले भने, ‘खासगरी प्रदेशमै यसको वितरणका लागि जोड दिनुपर्छ ।’

आन्तरिक किचलो र अदालती लफडाका कारण लामो समयसम्म काम हुन नसकेपछि हालसम्म लक्ष्यको जम्मा ५ प्रतिशत मात्रै काम भएको छ । यसअघि ५ बर्षमा २५ लाख इम्बोस्ड नम्बर प्लेट छपाईको जिम्मा पाएको डेकाटुर टाईगरलाई छपाईमा निरन्तरता दिनका लागि भन्दै विभागले पुनः यसको म्याद साढे २ बर्ष थपिदिएको छ । गत मंसिरमा मात्रै विभागले डेकाटुर टाईगरलाई थप २८ महिनामा ५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि समय थपेको हो । यसबबीचमा विभागले सातै प्रदेशलाई मनाएर सम्बन्धित प्रदेशका मुख्यमन्त्रीकै निर्देशनमा यसको जडान थाल्ने तयारी गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →