१६ आश्विन २०८३, शुक्रबार  |  2 October 2026,Friday

रहिनन् भारतीय अभिनेत्री डोली सोही

सोसल सेयर

भारतीय टेलिशृंखला अभिनेत्री डोली सोहीको मृत्यु भएको छ।

४८ वर्षको उमेरमा उनको शुक्रबार मृत्यु भएको हो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनको आजै अन्तिम संस्कार हुँदैछ। एक दिनअघि उनकी बहिनी अमनदीपको पनि मृत्यु भएको थियो।

डोली लामो समयदेखि क्यान्सर पीडित थिइन्। क्यान्सरकै कारण उनले टेलिशृंखला ‘झनक’ छाडेकी थिइन्।

उनले ‘भाभी, कलशः, मेरी आशिकी तुम से ही, खुब लडी मर्दानी, झाँसी की रानी’ जस्ता टेलिशृंखलामा अभिनय गरेकी थिइन्।

← पहिलो समाचार || अर्को समाचार →