३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गरियोस्

सोसल सेयर

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘भारतले आापलाई जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ । त्यसैगरी नेपालले नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’

नेपाली भूगोल सुन्तला खेतीका लागि अत्यन्त प्रचुर रहेको, स्वास्थ्यका लागि लाभदायक र अत्यन्त मिठो फल भएको उल्लेख गर्दै यथोचित बजेट समेतको व्यवस्था गर्न उनले राष्ट्रिय फल घोषणा गर्न माग गरेका हुन् ।
← पहिलो समाचार || अर्को समाचार →