३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

काठमाडौं महानगरले फुटपाथ व्यापारीलाई हटाएपछि एउटा विकल्प स्वरूप नाइट मार्केटको सुरूआत

सोसल सेयर

हिजोआज काठमाडौंको सहरको एउटा गल्लीमा रात छिप्पिँदै गर्दा बजार लाग्ने गरेको छ।

काठमाडौं महानगरले फुटपाथ व्यापारीलाई हटाएपछि एउटा विकल्प स्वरूप नाइट मार्केटको सुरूआत भएको छ।  काठमाडौंको मखन गल्लीमा सडकको दुवैतिर रात परेपछि पसलहरू खुल्ने गर्छन्।

व्यवसायीहरू साँझ परेर पसल बन्द भइसकेपश्चात रातको ८:३० बजे हस्याङफस्याङ गर्दै सडक छेउ पसल राख्छन्। विभिन्न किसिमका कपडा पसलदेखि पानीपुरी अनि म:म: पसलसम्म रातको १० बजेसम्म चल्ने गर्छ।  डेढ घण्टाको समयमा केही व्यापार गरेर आयआर्जन गर्ने आशमा आफूहरूले पसल राख्न थालेको एक व्यवसायीले  बताए केही दिनदेखि उनीहरूले यो व्यापार सुरू गरेका हुन्। यस्तै, उनीहरूले बिहान ५ बजेदेखि ७ बजेसम्म पनि व्यापार गर्न थालेका छन्।

नाइट मार्केट सुरू गरेपछि मानिसहरू पैदल हिँडेर सामग्री किन्न आउन थालेको व्यापारीहरू बताउँछन्।  यस्तै, मानिसहरूलाई यो बजारबारे थाहा नभएकोले पनि सोचेजस्तो व्यापार हुन नसकेको व्यापारी बताउँछन्।

वडा नम्बर २२ का वडाध्यक्ष हिरालाल महर्जनले अहिले संक्रमणकाल भएकाले महानगरले कुनै हस्तक्षेप नगरेको बताए।

त्यसैगरी सर्वसाधारणलाई असर नहुने तरिकाले सीमा तोकेर व्यवसाय गर्न दिइरहेको उनले बताए।

← पहिलो समाचार || अर्को समाचार →