१७ असार २०८३, बुधबार  |  1 July 2026,Wednesday

सूचना प्रविधिमा देखिएका समस्यामा आयोगको १० बुँदे सुझाव

सोसल सेयर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चार प्रविधिको क्षेत्रमा भएको विकासमा देखिएका चुनौतीलाई ध्यानमा राख्दै सबै सरकारी निकायलाई १० बुँदै सुझाव दिएको छ । आयोगले सञ्चार तथा सूचना प्रविधिमा निहित प्रविधिको क्लिष्टता  र सार्वजनिक क्षेत्रमा रहेको यस प्रतिको अनभिज्ञताको अनुचित उपयोग गरी गम्भीर प्रकृतिका भ्रष्टाचार जन्य कार्य हुन सक्ने देखिएको भन्दै यसमा संवेदनशील हुन अनुरोध गरेको छ ।

सुझावमा भनिएको छ,‘ प्रविधिप्रतिको अनभिज्ञताको अनुचित उपयोग गरी गम्भीर प्रकृतिका भ्रष्टाचार जन्य कार्य हुनसक्ने देखिएको तथा मुलुकको सीमित स्रोत–साधनको मितव्ययी एवं समुचित परिचालन गरी यस्ता प्रविधिको सदुपयोगबाट राष्ट्रले अधिकतम लाभ हासिल गर्न वाञ्छनीय देखिएकोले आयोगमा प्राप्त उजुरीहरूको छानबिन एवं अनुसन्धानको सिलसिलामा पहिल्याइएका सवालहरू तथा प्राप्त तथ्यहरू समेतको विश्लेषणको आधारमा यी सुझाव दिइएको हो ।’
← पहिलो समाचार || अर्को समाचार →