कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित
- २५ माघ, २०८०
- खेलकुद
- Nepal Updates
पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले रोमाञ्चक जित हात पारेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
क्यानडाका दुई ब्याट्सम्यानले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । क्यानडाका लागि परगत सिंह ५० र निकोलस किर्तनले ६८ रन बनाएका थिए । हर्ष ठाकेरले पनि ३२ रन बनाए । क्यानडाले अतिरिक्त रुपमा १७ रन पाएको थियो ।
क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले मैदानमा जमिसकेका ब्याट्सम्यान परगत सिंहलाई ५० रनमा पेभेलियन फर्काएका थिए । रोहितले उनलाई ललित राजवंशीद्वारा क्याच गराएका थिए । परगत सिंहले ५८ बलमा नौ चौका हिर्काएका थिए । १९.४ ओभरमा उनी आउट हुँदा क्यानडाले एक सय १४ रन बनाएको थियो ।
क्यानडाको चौथो विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका ब्याट्सम्यान हर्ष ठाकेरलाई ३२ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । कुशल मल्लले हर्षलाई बोल्ड गरेका थिए । आउट हुनुअघि हर्षले ४३ बलमा तीन चौका हिर्काएका थिए । ३३औँ ओभरको अन्तिम बलमा हर्ष आउट हुँदा क्यानडाले एक सय ७४ रन बनाएको थियो ।
क्यानडाको पाँचौँ विकेट रोहित पौडेलले लिएका थिए । उनले क्यानडाका श्रेयष मोभालाई एक रनको ब्यक्तिगत स्कोरमा आउट गरेका थिए । उनले मोभालाई सोमपाल कामीद्वारा क्याच गराएका थिए । रोहितले लिएको यो दोस्रो विकेट हो । ३७.३ ओभरमा मोभा आउट हुँदा क्यानडाले एक सय ८९ रन बनाएको थियो ।
क्यानडाको छैटौँ विकेट पवन सर्राफले लिएका थिए । उनले मैदानमा जमिसकेका ब्याट्सम्यान निकोलस किर्तनलाई ६८ रनको ब्यक्तिग स्कोरमा आउट गरेका हुन् । पवनले निकोलसलाई बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि निकोलसले ९९ बलको सामना गरी सात चौका पनि हिर्काएका थिए । ४०.४ ओभरमा निकोलस आउट हुँदा क्यानडाले एक सय ९५ रन बनाएको थियो ।
क्यानडाको सातौँ विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले क्यानडाका उदय भगवानलाई ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । रोहितले लिएको यो तेस्रो विकेट हो । ४४औँ ओभरको अन्तिम बलमा उदय आउट हुँदा क्यानडाले दुई सय सात रन बनाएको थियो।
क्यानडाको आठौँ विकेट ललित राजवंशीले लिए । ललितले क्यानडाका कप्तान साद बिन जाफरलाई सात रनको ब्यक्तिग स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । ४४.२ ओभरमा जाफर आउट हुँदा क्यानडाले दुई सय सात रन बनाएको थियो ।
क्यानडाको नवौँ विकेट ललित राजवंशीले लिएका थिए । उनले क्यानडाका डिल्लन हेलिगरलाई दुई रनमा पेभेलियन फर्काएका थिए । उनले डिल्लनलाई एलबीडब्लूको धरापमा पारेका थिए । ४६.५ ओभरमा डिल्लन आउट हुँदा क्यानडाले दुई सय १२ रन बनाएको थियो ।
क्यानडाको दशौँ तथा अन्तिम विकेट रोहित पौडेलले लिएका थिए । रोहितले क्यानडाका ईश्वरजोत सोहीलाई शून्य रनमै बोल्ड गरेका थिए । रोहितले लिएको यो चौथो विकेट थियो । रोहितले ४८औँ ओभरको पाँचौँ बलमा उनको विकेट लिएका थिए ।
त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए । ९.१ ओभरमा आशिफ आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । विकेटकिपर ब्याट्सम्यान आशिफलाई क्यानडाका बलर उदय भगवानले नवनित धलिवलद्वारा क्याच गराएका थिए ।
नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहितलाई गुमाएको थियो । उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । रोहितको विकेट इश्वरजोत सोहीले लिएका थिए । उनले नेपाली टोलीका कप्तानलाई हर्ष थाकेरद्वारा क्याच गराएका थिए । रोहित आउट हुँदा नेपालले १४.३ ओभरमा ७१ रन बनाएको थियो ।
नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी ६२ रन बनाउँदै आउट भएका थिए । उनले ५८ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । कुशल भुर्तेलले १३.४ ओभरमा ४४ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए ।
कुशल भुर्तेल क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान पनि बनेका छन् । कुशल भुर्तेलको विकेट क्यानडाका बलर साद बिन जाफरले लिएका थिए । जाफरले उनलाई विकेटकिपर श्रेयस मोभाद्वारा स्टम्पिङ गराएका थिए । १८.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ९८ रन बनाएको थियो ।
नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । उनी १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले २६ बलमा दुई चौका पनि हिर्काएका थिए । उनलाई क्यानडाका बलर साद बिन जाफरले एलबीडब्लूको धरापमा पारेका थिए । २२.३ ओभरमा भीम आउट हुँदा नेपालले एक सय १२ रन बनाएको थियो ।
नेपालले पाँचौँ विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । उनी ३२ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किएका थिए । हर्ष ठाकरले लिए । ठाकरले उनलाई निकोलस किर्टनद्वारा क्याच गराएका थिए । २९.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ४१ रन बनाएको थियो ।
नेपालले छैटौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । उनी ३८ रन बनाउँदै आउट भएका थिए । उनले ५० बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनलाई क्यानडाका बलर उदय भगवानले बोल्ड गरेका थिए । ३८.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ७३ रन बनाएको थियो ।
नेपालले सातौँ विकेटका रुपमा पवन सर्राफलाई गुमाएको थियो । उनी ३४ बलमा एक चौकाको मद्दतले १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई क्यानडाका बलर साहिद अमहदजाईले एलबीडब्लूको धरापमा पारेका थिए । ४१.१ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८१ रन बनाएको थियो ।
नेपालले आठौँ विकेटका रुपमा सामपाल कामीलाई गुमाएको थियो । उनी २७ रन बनाउँदै आउट भएका थिए । उनले २३ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काएका थिए । उनलाई क्यानडाका बलर उदय भगवानले परगत सिंहद्वारा क्याच गराएका थिए । ४८.५ ओभरमा उनी आउट हुँदा नेपालले दुई सय १८ रन बनाएको थियो ।
नेपालले नवौँ विकेटका रुपमा रिजन ढकाललाई गुमाएको थियो । उनी चार बलमा चार रन बनाउँदै आउट भएका थिए । उनलाई क्यानडाका बलर ईश्वरजोत सोहीले साहिद अहमदजाईद्वारा क्याच गराएका थिए । ४९.५ ओभरमा उनी आउट हुँदा नेपालले दुई सय २३ रन बनाएको थियो ।
नेपालले दशौँ तथा अन्तिम विकेटका रुपमा ललित राजवंशीलाई गुमाएको थियो । उनी अन्तिम ओभरको अन्तिम बलमा रन आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले एक बलमा एक रन बनाएका थिए ।
नेपालले अतिरिक्त रुपमा पनि १४ रन पाएको थियो । क्यानडाका बलर उदय भगवानले तीन विकेट लिएका थिए । साद बिन जाफर र ईश्वरजोत सोहीले दुई–दुई विकेट हात पारेका थिए । साहिद अहमदजाई र हर्ष ठाकेरले पनि एक–एक विकेट लिएका थिए । क्यानडाविरुद्धको पहिलो खेलमा नेपालका दुई ब्याट्सम्यान रिजन ढकाल र सूर्य तामाङले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए ।