१७ आश्विन २०८३, शनिबार  |  3 October 2026,Saturday

दक्षिण भारतमा ‘मङ्की फिवर’ का कारण मृत्यु

सोसल सेयर

भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ ।

मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन् । हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। यो एक प्रकारको भाइरल हेमोरेजिक रोग हो जुन सन् १९५७ मा भारतको पश्चिमी घाटको क्यासनुर जङ्गलमा पहिलो पटक पहिचान भएको थियो।

← पहिलो समाचार || अर्को समाचार →