३१ श्रावण २०८३, आईतवार  |  16 August 2026,Sunday

मार्क जुकरबर्गले एक घण्टामै १ अर्ब २७ करोड, दैनिक आम्दानी साढे ३० अर्ब रुपैयाँ कमाउँछन्

सोसल सेयर

फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटफर्मको मातृ कम्पनी मेटाका सिइओ मार्क जुकरबर्गको सम्पत्ति गत वर्ष सन् २०२३ मा ८४ अर्ब डलर अर्थात् १११ खर्ब रुपैयाँले बढेको छ ।

फोर्ब्सको रियल टाइम अर्बपतिको सूचिमा जुकरबर्ग हाल विश्वका पाँचौँ सर्वाधिक धनी व्यक्ति हुन् र उनको कूल सम्पत्ति १ खर्ब ३९ अर्ब १० करोड डलर छ । बिजनेस इनसाइडरका अनुसार गत वर्ष बढेको ८४ अर्ब डलर सम्पत्तिको यदि घण्टाका आधारमा हिसाब गर्ने हो भने सन् २०२३ मा जुकरबर्गले हरेक घण्टा ९६ लाख डलर अर्थात् १ अर्ब २७ करोड रुपैयाँभन्दा धेरै कमाएका छन् । जस अनुसार उनको आम्दानी दैनिक २३ करोड ६लाख डलर अर्थात् साडे ३० अर्ब रुपैयाँ छ ।

जबकि अमेरिकी परिवारहरुको औसत कूल सम्पत्ति नै १० लाख ६० हजार डलर रहेको छ ।

सन् २०२१ मा फेसबुकको ब्राण्ड परिवर्तन गरी मेटा बनाएका जुकरबर्गको उक्त कदमलाई मेटाभर्स तर्फको रणनीतिक कदम मानिएको थियो । यो परिवर्तन केवल नाममात्रको परिवर्तन नभई कम्पनीको प्राथमिकतामा भएको परिवर्तन हो जसमा मेटाले अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटीमा ध्यान केन्द्रित गरेको छ । अर्थात् उक्त रिब्रान्डिङले फेसबुकलाई केवल एउटा सोसल मिडिया प्लाटफर्मको रुपमा मात्र सीमित नराखी यसलाई अन्तरआबद्ध डिजिटल संसारको सिर्जनातर्फ प्रवेश गरेको रुपमा बुझिएको छ ।

विभिन्न चुनौतिहरुका बाबजुत सन् २०२३ मा मेटा कम्पनीको शेयर मूल्यमा पुनः वृद्धि भई झण्डै कीर्तिमानी विन्दुमा पुग्यो । कम्पनीको शेयर मूल्यमा भएको वृद्धिकै कारण जुकरबर्गको कूल सम्पत्तिमा उल्लेख्य बढोत्तरी भएको हो ।

– एजेन्सी

← पहिलो समाचार || अर्को समाचार →