अरुण चौधरीपछि बाँसबारी छाला जुत्ता उद्योगका तत्कालीन अध्यक्ष पनि पक्राउ
- १९ माघ, २०८०
- राजनिति
- Nepal Updates
चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउ परेको घटनामा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सेटिङमा आफ्नो नाममा गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले चौधरीलाई बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको थियो ।
उनी पक्राउ परेसँगै ब्युरोको टोलीले छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि पक्राउ गरेको हो । उनी राजधानीको बत्तीसपुतलीबाट पक्राउ परेको सीआईबीले जनाएको छ ।
तत्कालीन दरबारका साथसाथै उच्चपदस्थ अधिकारीलाई मिलाएर उक्त जग्गा कब्जा गरेको देखिएको सीआईबीको भनाइ छ । उक्त जग्गा अहिले अरुणचौधरी र उनकी श्रीमती शिला को स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको देखिन्छ । यो प्रकरणमा अख्तियारले समेत छुट्टै अनुसन्धान गरिरहेको छ।