अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दनाले बिहे गर्न लागेको खबर सार्वजनिक
- २२ पुष, २०८०
- मनोरन्जन
- Nepal Updates
दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दनाले बिहे गर्न लागेको खबर सार्वजनिक भएको छ । विजय र रश्मिका बेहुला–बेहुली भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । दुवैले एक अर्कासँग मगनी गरेको खबर पनि अहिले निकै चलिरहेको छ । यी दुवै गीता गोनिन्दम फिल्मको सुटिङको बेलामा एकअर्काको नजिक आएका थिए ।यो फिल्मपछि विजय र रश्मिका डियर कमरेडमा देखिएका थिए । यो फिल्मले दर्शकको मन खासै जित्न सकेन ।
विजय हालै मात्र सामन्था रुथ प्रभुको साथमा खुसी फिल्ममा देखिएका थिए । विजय अहिले गीता गोविन्दमका निर्देशक परशुराम पेटलासँग नयाँ फिल्ममा काम गरिरहेका छन् ।