एक वर्षे बीएडको विकल्पमा त्रिविद्धारा नयाँ कोर्ष पीजीडी एजुकेशन सञ्चालन
- ६ पुष, २०८०
- विद्यालय
- Nepal Updates
त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्षका लागि विद्यार्थी भर्ना आह्वान गरेको छ । त्रिवि शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एक वर्षे बीएडको विकल्पमा सेमेप्टर प्रणालीमा आधारित ३ सेमेस्टरको अधिस्नातक तह पीजीडी एजुकेशन (पीजीडी.ईडु) कार्यक्रमको लागि भर्ना आह्वान गरेको हो ।
प्रथम सेमिस्टरमा भर्नाका लागि पुस ६ गतेदेखि माघ ११ गतेसम्म आवेदन बुझाउन सकिनेछ । जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले तोकिएको विषयमा भर्नाका लागि आवेदन दिन सकिनेछ । उक्त कार्यक्रमका लागि माघ १४ गते प्रवेश परीक्षा हुनेछ भने माघ २१ गतेबाट कक्षा सञ्चालन हुनेगरी सूचना निकालेको छ ।
उक्त शैक्षिक कार्यक्रममा साइन्स एजेकेशन, म्याथमेटिक्स एजुकेशन, अंग्रेजी एजुकेशन, नेपाली एजुकेशन, इकनोमिक्स एजुकेशन लगायतका १४ विषय रहेका छन् ।
