सुनको मूल्य एकैदिनमा एक हजार तीन सय रूपैयाँ घट्यो सुनको मूल्य
- १ पुष, २०८०
- अर्थ
- Nepal Updates
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शनिबार र आइतबार यी दुवै दिन स्थानीय बजारमा सुनको कारोबार प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको छ।
अन्तर्राष्ट्रिय बजार बन्द रहने भएकाले यहाँ शनिबारकै मूल्य आइतबार पनि कायम हुन्छ। शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुन्छ।
गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार तीन सय रूपैयाँले कमी हो। गत शुक्रबार सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार एक लाख १८ हजार ८ सय रूपैयाँ थियो।
आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार भने चाँदी प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा कारोबार भएको थियो।