१७ आश्विन २०८३, शनिबार  |  3 October 2026,Saturday

एक करोड फिरौती मागेको आरोपमा तीन जना पक्राउ

सोसल सेयर

मकवानपुरमा रु एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

तीनै जनाले गत मंसिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए।

प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए। फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन्। तीनै जना आरोपितलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ।

← पहिलो समाचार || अर्को समाचार →