प्रिन्सी खतिवडा अभिनित हिन्दी गीत ‘जान देंगे तुम्हे’ युट्युब ट्रेन्डिङमा
- १८ मंसिर, २०८०
- मनोरन्जन
- Nepal Updates
टिकटकबाट चर्चामा आएकी प्रिन्सी खतिवडा हिन्दी गीतमा देखिएकी छन् ।
‘जान देंगे तुम्हे’ बोलको गीतमा उनले मोडलिङ गरेकी हुन्। यो गीत युट्युब ट्रेन्डिङको म्युजिकतर्फ ८ नम्बरमा छ । यो समाचार तयार पार्दा ३६ लाखबढी भ्युज पाएको छ। गीतको भिडिओमा प्रिन्सीसँग लक्ष्य कपूरलाई देख्न सकिन्छ ।
लक्ष्य कपूरकै स्वर रहेको गीतमा सावेरी वर्माको शब्द र मुकुन्द सूर्यवंशीको संगीत छ । गीतलाई जोमिन वर्गिसले निर्देशन गरेका हुन् विन्सटन जेसले छायांकन गरेको गीतलाई कृणाल मालीले सम्पादन गरेका हुन् । यो गीत टी सिरिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।