गौतम बुद्धको अस्तुधातु रहेको रामग्राममा प्राचीन विहारका पर्खाल र पोखरीको संरचना फेला
- १२ मंसिर, २०८०
- समाचार
- Nepal Updates
गौतम बुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राममा विहारका पर्खाल र प्राचीन पोखरीको संरचना फेला परेको छ । रामग्राम स्तुप गौतम बुद्घको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो ।
रामग्राममा १९९७ सालमा छोटो अवधिको र सन् १९९८ देखि २००४ सम्म अलि लामो गरी दुई चरण मात्रै उत्खनन भएको थियो । त्यसयता अहिले सन् २०२३ नोभेबर १ तारिखदेखि ३० सम्मको समय राखेर उत्खनन गरिएको हो ।
पुरातत्व विभाग, लुम्बिनी विकास कोष, युनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले करिव एक महिनादेखि गरेको उत्खननबारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा रामग्राम स्तुपको उत्तर पश्चिमपट्टी गरिएको उत्खननबाट प्राचीन विहारका भग्नाअवशेष र पोखरी भेटिएको जानकारी गराइएको हो ।